• जीवनशैली | Jiwanshaili
  • आज हरिशयनी एकादशी, तुलसी रोप्ने दिन, यस्ता छन् तुलसीका फाईदा र बेफाईदाहरु


    कतिपय बनस्पती यस्ता छन्, जो मानव जीवनको निम्ती अत्यन्तै महत्वपूर्ण छन् । त्यस मध्यको एउटा हो तुलसी ।

    परम्परादेखि नै तुलसीलाई सुरक्षित र संरक्षित ढंगले रोप्न, हुर्काउन सिकाइएको छ । औषधिय गुणको तुलसी कुन बेला रोप्ने, कसरी हुर्काउने भन्ने विधी समेत सदियौंदेखि विकास भएको छ । सोही अनुसार आज हिन्दु धर्मावलम्बीहरुले घरघरमा तुलसी रोपेर हरिशयनी एकादशी मनाईरहेका छन् । तुलसी आर्युवेदमा बहुउपयोगी बनस्पती हो । तुलसीले वायुमण्डलको दुषित हावालाई शुद्धिकरण गर्छ । त्यसैले जो कोहिले घर आँगन, बार्दली, छतमा तुलसी रोप्नुपर्छ । घर अघिल्तिर तुलसीको मठ बनाएर पूजाआजा गर्ने परम्परा पनि छ । यसले हामीलाई तुलसीको सम्पर्कमा पु¥याउँछ र स्वास्थ्य लाभ मिल्छ ।

    तुलसीका फाइदाहरु

    १. छालाको चाँया पोतो हटाँउदछ र छाला स्वच्छ राख्दछ
    यसमा अत्यन्त फाईदाजनक एन्टीव्याकटोरिएल आयल हुन्छ । यसमा भएको गुणले छालाको चाँया पोतोहरु हटेर जान्छ । नरिवलको तेलमा तुलसीको पातको लेप लगाएमा सम्पूर्ण रुपमा छालाको निखार आउने गर्दछ ।

    २. चिनीरोग अर्थात मधुमेहबाट जोगाँउदछ
    आजभोली हरेक उमेर समुहका मान्छेहरुलाई चिनी रोगको समस्या देखिएको छ । हामीमध्ये धेरैलाई थाहा नहुन सक्दछ कि तुलसीको प्रयोगले चिनीरोग पनि निर्मुल गर्न सकिन्छ । तुलसीमा एन्टी डायबेटिज एक्टीभिटी हुने गरेको पाइएको छ । यसले रगतमा ग्लुकोजको मात्रा अनि अस्वभाविक लिपीड प्रोफाइललाई पनि कम गर्ने गुण हुन्छ । अचम्मको कुरा त तुलसीको नियमित प्रयोग गरेमा मेटाबोलीक क्रियाकलापका हानीका कारणले हुने अत्याधिक ग्लुकोजका नकारात्मक असरहरु मृगौला अनि कलेजो बिगार्न पनि दिँदैन् ।

    ३. क्यान्सरविरुद्ध लड्न मद्धत गर्दछ
    अध्यनहरुका अनुसार नियमित तुलसी सेवन गर्ने मान्छेहरुको शरीर तुलसी सेवन नगर्नेहरुको शरीरको तुलनामा क्यान्सर कोष निर्माण गर्ने जोखिममा हुँदैनन् । त्यसका साथै बिभिन्न केमीकल हरुको जान अन्जान प्रयोगले हुनसक्ने क्यान्सरबाट जोगिन समेत तुलसीले मद्धत गर्दछ । त्यसका साथै बिकिरणहरुको अनि परावैजनी किरणहरुको कारणले हुने क्यान्सरबाट पनि तुलसीले जोगाउने पाइएको छ । पोषण र क्यान्सरसँग सम्बन्धित जर्नलहरुका अनुसार त गएको ३० बर्षमा केमोथेरापी र रेडिएशन थेरापीले गर्न नसकेको असर तुलसीले क्यान्सर बिरुद्ध गरेको उल्लेख गरेको छ ।

    ४. ग्रन्थी अर्थात हार्मोनहरुलाई सन्तुलनमा राख्दछ
    तुलसीले हार्मोन हरुलाई पनि सन्तुलनमा राख्ने भएकाले यसको शारीरिक र मानसिक दुवै तवरमा फाईदा रहेको पुष्टि हुन्छ । तुलसीलाई तसर्थ दैनिक खाना या चियाका रुपमा प्रयोग गर्न सल्लाह दिइन्छ ।

    ५. ज्वरो कम गर्दछ
    तुलसीले हामीलाई व्याक्टोरिया अनि भाईरसबाट जोगाँउदछ । ज्वरो आएको बेला शरीरले बाहिरी संक्रमणका बिरुद्ध लडिरहेको हुन्छ, तुलसीमा यस संक्रमणबाट जोगिने तत्व हुने भएकाले नै परापूर्व कालदेखि नै ज्वरो आँउदा या संक्रमण हुँदा तुलसीको सेवन गर्ने चलन रहेको हुनसक्दछ ।
    यसका साथै भिटामिन के को पूर्ण भण्डार तुलसीलाई श्वासप्रश्वास समबन्धि रोगका लागि, दाँतको समस्याका लागि र आँखाको स्वास्थका लागि पनि प्रयोग गरिने चलन छ । त्यसैले नै होला तुलसीलाई वनस्पतिको रानी भनिएको । जनावरहरुको टोकाई देखि झाडापखाला सम्म तुलसीको प्रयोग हुन्छ । डाँठ देखि फूलसम्म प्रयोग हुने तुलसीको पात भनें सनातन सस्कारमा खानामा हालेर भगवानलाई अर्पण गरेर खाने चलन छ ।

    हानीकारक पनि हुनसक्छ तुलसी


    अनेकौं फाइदा हुँदा हुँदै पनि तुलसी सबैका लागि लाभदायक भने छैन । हेर्नुहोस् कस्तो अवस्थामा तुलसीको प्रयोग घातक मानिन्छ ।

    १. गर्भवती महिलाले खान नहुने
    तुलसीको पातले गर्भवती महिलाको स्वास्थ्यका साथै उनको गर्भमा हुर्किरहेको भ्रुणलाई पनि नोक्सान पुर्याउँछ । गम्भीर परिस्थितिमा यसले गर्भपतनको पनि खतरा पनि निम्त्याउँछ । यस्तो हुनुका कारण तुलसीमा ‘एस्ट्रागल’ नामक तत्व पाइन्छ जसले गर्भाशयमा संकुचन पैदा गर्दछ । गर्भावस्थामा यस्तो हुनु निकै खतरनाक हुनसक्छ ।

    २. मधुमेहको औषधी प्रगोगसँगै खानु घातक
    थुप्रै अनुसन्धानले तुलसीको पात सेवन गर्दा रगतमा चीनिको मात्रा कम हुने बताएको छ । यस्तोमा यदि मधुमेहका बिरामीले औषधिका साथै तुलसीको पातको पनि सेवन गरिरहेको छ भने शरीरमा सुगरको स्तर आवश्यकताभन्दा कम हुन्छ जुन मानिसका लागि घातक हुनसक्छ ।

    ३. प्रजनन क्षमतामा कमी
    तुलसीको पातले रगतलाई पातलो बनाउनमा सहयोग पुर्याउँछ । जो व्यक्ति रगतलाई पातलो बनाउनका लागि औषधीको सेवन गर्न चाहँदैनन् उनीहरुले तुलसीको पातलाई घरेलु उपचारको रुपमा तुलसीको पात सेवन गर्न सक्छन् । तर जसले पहिलेदेखि नै रगत पातलो बनाउने औषधी खाइरहेका छन् उनीहरुले भने यसको सेवन गर्नुहुँदैन । यसो गर्दा प्रजनन क्षमतामा पनि कमी आउन सक्छ ।

    ४. कलेजोलाई क्षति पुर्याउन सक्न
    विश्व स्वास्थ्य संगठनका अनुसार जो व्यक्ति एस्टामिनोफेन (पेन किलर) जस्ता औषधी र तुलसीको पात पनि नियमित रुपमा सेवन गरिरहेका छन्, यसले कलेजोमा नकारात्मक असर पुर्याउन सक्छ । यस्तो किनभने यी दुबैले दुखाईबाट छुटकारा दिन्छन् । जब यी दुबै शरीरभित्र गएर एकसाथ काम गर्न थाल्छन्, यसले कलेजोको कार्यप्रणालीलाई प्रभावित गर्दछ ।

    ५. दाँतमा देखिनेछन् दाग–धब्बा
    आयूर्वेदमा तुलसीको पातलाई नचपाई सिधै निल्नुपर्ने बताइन्छ । यसको वैज्ञानिक कारण तुलसीको पातमा पाइने आइरन चपाउँदा दाँतमा दागधब्बा देखिने भएकाले यसो नगर्न सुझाइन्छ ।


    क्याटेगोरी : चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस