नारायणी नदी उच्च जोखिममा, सावधानी अपनाउन आग्रह
साउन ६, २०७७
मौषम पूर्वानुमान महाशाखाले आगामी २४ घण्टामा नारायणी नदी र यसका सहायक नदीमा पानीको बहाव बढ्ने भन्दै सुरक्षा सावधानी अपनाउन आग्रह गरेको छ । मंगलवार बिहान ७ बजेको मापनअनुसार आगामी २४ घण्टामा नारायाणी नदीमा बहाव खतराभन्दा माथि हुने भएकाले सावधानी अपनाउन आग्रह गरेको हो ।
यसले नवलपरासीको सुस्ता आसपासमा डुबानको जोखम र तटीय क्षेत्रमा खतरा हुनसक्ने महाशाखाले बताएको छ । यस्तै मंगलवार बिहानासम्मको मापनअनुसार कन्काई, कमला, बागमती, पश्चिम राप्ति र बबई नदीको बहाब बढ्दै गएको बताएको छ । नारायणीसँगै कोशीमा पनि बाढीको जोखिम रहेकोमा कर्णाली र महाकालीमा पनि पानीको बहाब बढ्दै गएकोमा पुर्वानुमान महाशाखाले यी नदीमा बहाव खतरा तहभन्दा तलै हुने बताएको छ ।
२४ घण्टापछि नारायणी र कोशी नदीको बहाव घट्दै जाने भएपनि कर्णाली र महाकालीमा बहाब बढेर खतरा तहभन्दा केहीमात्र तल पुग्ने पुर्वानुमान गरिएको छ ।
आगामी २ दिनमा प्रदेश १, २, बागमती, गण्डकी र प्रदेश ५ भई बहने साना तथा ठूला नदीको बहाव बढ्ने भएकाले सुरक्षा साबधानी अपनाउन महाशाखाले आग्रह गरेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस