चौथो टेन्डरमा बोलपत्र परेपछि चामल किन्दै खाद्य व्यवस्था कम्पनी
साउन ७, २०७७
चैतदेखि पटक-पटक गरी टेन्डर आह्वान गर्दा पनि बोलपत्र नपरेको खाद्य व्यवगस्था तथा व्यापार कम्पनीले आह्वान गरेको चौंथो पटकको टेन्डरमा बोलपत्र परेपछि कम्पनीले चामल किन्ने भएको छ । आफूसँग भएको खाद्यान्नको मौज्दात घट्दै गएपछि कम्पनीले चैतदेखि तीनपटक टेन्डर आह्वान गर्दा पनि एउटै बोलपत्र परेको थिएन । चौथो पटकको टेन्डरमा ६ वटा कम्पनीले बोलपत्र हालेपछि कम्पनीले १० हजार मेट्रिक टन चामल किन्ने तयारी गरेको हो
देशमा आईपर्ने विभिन्न महामारी, बाढी, पहिरो र भोकमरी जस्ता समस्याका लागि सरकारी कम्पनीले करीब ३३ हजार मेट्रिकटन चामल अनिवार्य रूपमा मौज्दात राख्नुपर्ने प्रावधान छ । तर मौज्दात घट्दै गएर कम्पनीसँग अहिले १४ हजारभन्दा पनि कम मात्र चामल मौज्दात रहेको छ । कम्पनीले लकडाउनका समयमा काठमाडौंसहित विभिन्न जिल्लामा रहेका विक्री केन्द्रहरूमार्फत खाद्यान्न विक्री गरेकोमा अघिल्ला वर्षको भन्दा यस वर्ष विक्री बढेको कम्पनीले बताएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस