आजदेखि मापसे चेकिङ, जाँचमा हुनेछैन मेशिनको प्रयोग
साउन ७, २०७७
महानगरीय ट्राफिक प्रहरी महाशाखाले लकडाउन अन्त्यभएसँगै बुधवारदेखि साँभदेखि मेशिनविनै मादक पदार्थ सेवन(मापसे) चेकिङ शुरु गर्ने भएको छ । महाशाखाले काठमाडौं उपत्यकाका ३९ स्थानमा चेक पोइन्ट बनाइ मापसे चेकिङ शुरु गर्न लागेको हो ।
कोरोना संक्रमण फैलिने त्रासका कारण महाशाखाले लकडाउन शुरु भएसँगै मापसे चेकिङ बन्द गरेको थियो । अझैंपनि संक्रमणको डर भएका कारण महाशाखाले मेशिनविना नै चालकको हाउभाउ, गाडी सञ्चालनको तरिका, बोल्ने तरिका आदि हेरेर विना मेशिन मापसे जाँच शुरु गर्न लागेको महाशाखाका प्रमुख एसएसपी भीमप्रसाद ढकालले जानकारी दिए।
‘मेशिनले जाँच्दा नजीक जानुपर्ने र संक्रमण फैलिने डर हुने भएकाले हाउभाउ, बोल्ने तरिका र सवारी चलाउने तरिका आदि हेरेर मापसे जाँच गर्न लागिएको हो,’उनले भने । मापसे गरेको शंका लागेपछि अस्पताल लगेर पनि जाँच्न लगाउने र कारवाही गरिने उनले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस