• जीवनशैली | Jiwanshaili
  • पहिरोले पुर्‍यो सिंगै बस्ती



    साउन ७, २०७७

    मस्र्याङ्दी गाउँपालिका-३ खुदी पल्लोटारी(लमजुङ)स्थित पल्लोटारीमा रहेको एउटा सिंगो बस्तीलाई नै पहिरोले पुरेको छ । बुधवार बिहाना बस्तीमाथिबाट आएको पहिरोले त्यस क्षेत्रका १८ घर पुरेको घटनास्थलमा रहेका प्रहरी नायव निरीक्षक (सई) प्रेमप्रसाद शर्माले जानकारी दिए।
    पहिरोको जोखिम हुने पूर्वानुमानपछि मंगलवार नै त्यहाँका मान्छेलाई अन्यत्र सारिएकोमा त्यत्रो ठूलो मानवीय क्षति नभएको बताउँदै उनले पहिरोमा परी ३ जना घाइते भएको बताए । उनीहरुलाई स्थानीय सामुदायिक अस्पतालमा उपचारका लागि लगिएको छ। मानवीय क्षति नभएपनि बस्तुभाउ पहिरोमा पुरिएको र अन्य भौतिक क्षति भएको जानकारी शर्माले दिए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार