• जीवनशैली | Jiwanshaili
  • खेल्न भनी निस्किएका ३ बालक मृत फेला



    साउन ८, २०७७

    घरबाट खेल्न भनी निस्किएका ३ बालक मृत अवस्थामा फेला परेका छन् । झापाको भद्रपुर नगरपालिका २ मा रहेका सिमसार क्षेत्रमा उनीहरू मृत भेटिएका हुन् ।
    जिल्ला प्रहरी कार्यालय, झापाका डीएसपी राकेश थापाका अनुसार मृत्यु हुनेमा १० वर्षीय अंकुश तामाङ, १४ वर्षका करण थामी र उनका भाइ ११ वर्षका भाइ अर्जुन थामी रहेका छन् ।
    खेल्न भनी निस्किएका ती बालक केही दिनदेखि बेपत्ता थिए । घर नफर्किपछि परिवारले प्रहरीलाई खबर गरेको थियो । प्रहरीअनुसार खोजी तथा उद्दारका लागि चन्द्रगढी १ र २ का प्रहरी परिचालित गरिएकोमा ३ जनै बालक मृत भेटिएका हुन् । प्रहरीले थप अनुसन्धान अघि बढाएको डिएसपी थापाले बताए ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार