• जीवनशैली | Jiwanshaili
  • पर्सामा समुदायस्तरमै लक्षणसहितका कोरोना संक्रमित देखिएपछि मास टेस्टिङ गरिदै



    १२ साउन २०७७

    पर्सामा समुदायस्तरमै ट्राभल हिस्ट्री नभएकाहरूमा कोरोना संक्रमण देखिएपछि कोभिड-१९ व्यवस्थापन समितिले समुदायमा मास टेस्टिङ गर्ने भएको छ । सरकारले लकडाउन खोले यता ४ दिनमै समुदायस्तरमा ६३ जना कोरोना संक्रमित फेला परेका हुन् ।
    लकडाउन खुलेपछिका चार दिनमा भेटिएका संक्रमितहरु ट्राभल हिस्ट्री नभएका, आफैँ लक्षण देखिएर जाँच गर्न आएका, स्वास्थ्यकर्मी, कर्मचारी, बैंकर्स, विद्यार्थी, पसले, सेना, प्रहरी र थुनुवा लगायत स्थानीयहरू रहेका छन् । ट्राभल हिस्ट्री नभएकाहरूमा कोरोना संक्रमण देखिएपछि स्थानीय स्वास्थ्य अधिकारीहरुले पर्साको सदरमुकाम वीरगञ्ज र आसपासका क्षेत्रमा कोरोना समुदायस्तरमै फैलिएको निष्कर्ष निकालेका छन् । ‘पछिल्लो एक हप्ताको अपडेट हेर्दा कोरोना संक्रमण समुदायमा फैलिएको तथ्य देखिएको छ,’ वीरगञ्जमा कोरोना संक्रमितका लागि छुट्टाइएको नारायणी अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. मदन उपाध्यायले बताए । उनकाअनुसार सर्वसाधारण जसलाई पनि पोजिटिभ देखिनुको अर्थ सामुदायमा कोरोना छ भन्ने नै हो। उनले यसरी समुदायमै कोरोना देखिएपछि समुदायमै गएर मास टेस्टिङ गर्ने तयारी गरेको बताए ।
    .


    क्याटेगोरी : कोरोना अपडेट, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार