आजदेखि फेरि मौषम सक्रिय, तिनाउ नदीको जलसतह सतर्कता तह नाघ्यो
Commuters driving through a waterlogged road after a heavy downpour, in Jawalakhel, Lalitpur, on Monday, September 12, 2016. Photo: THT
१२ साउन २०७७
जल तथा मौषम विज्ञान विभाग बाढी पुर्वामानुमान महाशाखाकाअनुसार आजबाट पुनः देशभर मौषम सक्रिय भएको छ । महाशाखाकाअनुसार अहिले देशभर मौषम सामान्य बदली रही १, बागमती, गण्डकी, प्रदेश ५,कणर्ाली र सुदूरपश्चिम प्रदेशहरुमा निरन्तर वर्षा भइरहेको छ । महाशाखाकाअनुसार यो वर्षा अझै केही घण्टा जारी रहनेछ ।
महाशाखाले तिनाउ नदी बुटबलको बाढी मापन केन्द्रमा जलसतह सतर्कता तह पार गरेकाले कञ्चनखोला, तिनाउ खोलाको तटीय क्षेत्र र आसपासका खोलामा बाढी आउनसक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरेको छ।
महाशाखाकाअनुसार आगामी ४ दिनसम्म देशभर मौषम सक्रिय रही धेरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस