बाजुराको कोल्टी एयरपोर्टले शुरु गर्यो हवाइ उडान
१२ साउन २०७७
बाजुराको कोल्टी एयरपोर्टले लकडाउन पछि बन्द हवाइ उडान शुरु गरेको छ । सरकारले चैत दोस्रो सातादेखि देशव्यापी लकडाउन गरेपछि आन्तरिक हवाइ उडान बन्द गरेका हवाइ सेवा कम्पनीले जिल्लामा उडान पुनः सञ्चालन गरेका हुन् ।
नागरिक उड्डयन कार्यालय कोल्टीका प्रमुख श्रीकृष्ण रिजालकाअनुसार सरकारको मापदण्ड पूरा गरी उडान शुरु भएको हो । उनकाअनुसार आरडीटी रिपोर्ट अनिवार्य गरी मास्क पञ्जालगायत स्वास्थ्य सुरक्षाका सामाग्रीको अनिवार्य प्रयोगसहित उडान शुरु गरिएको छ । बाढी पहिरोका कारण जिल्लाका अधिकांश सडकमार्ग अवरुद्ध भएपछि प्रसुति, बिरामीहरूहरुको अवस्थालाई विशेष ध्यान दिई उडान शुरु गरिएको रिजालले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस