• जीवनशैली | Jiwanshaili
  • असन र महाबौद्धमा कोरोना देखिएपछि बजार बन्द



    १३ साउन २०७७
    राजधानीको बाक्लो भिड हुने व्यापारिक क्षेत्र असन र महाबौद्धका व्यापारीमा कोरोना देखिएपछि त्यस क्षेत्रका पसलहरू बन्द गरिएका छन् । बिहीवार असन र महाबौद्धको बीचमा रहेको पसलका एकै परिवारका ५ जनालाई कोरोना पोजेटिभ देखिएको थियो ।
    को सङ्क्रमण देखिएपछि त्यस क्षेत्रका पसलहरू बन्द गरी त्यहाँ मास कोरोना परीक्षण गर्ने तयारी गरिएको हो । भारतबाट फर्किएका एकै परिवारका छोरी, बाबुआमा, भाइ र छोरीको छोरालाई संक्रमण पुष्टि भएको थियो ।उनीहरूलाई कोरोना पोजेटिभ देखिएपछि वरपरका स्थानीयहरू तत्काल परीक्षण गरिदिनुपर्‍यो भन्दै टेकु पुगेका थिए । तर इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले खतरामा परेकाहरूको स्थानीय तहमै आएर परीक्षण गर्ने आश्वासन दिएर पठाएको थियो ।
    संक्रमण पुष्टि भएपछि त्यहाँका स्थानियहरूले सोमवारदेखि असन र महाबौद्ध आसपासको बजार बन्द गरेका छन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार