भन्सार राजस्व संकलन पहिलोपटक ऋणात्मक, घट्यो वैदेशिक व्यापार पनि
१३ साउन २०७७
कोरोना संक्रमणको प्रभावस्वरुप गत आर्थिक वर्ष २०७६/७७ मा भन्सार विभागको राजस्व संकलन पहिलोपटक ऋणात्मक बन्न पुगेको छ । प्रायः ऋणात्मक नहुने विभागको राजस्व संकलन अघिल्लो आवको तुलनामा रू. ५६ अर्बले घटेको हो ।
आर्थिक वर्ष २०७५/७६ मा भन्सार विभागले रू. ३ खर्ब ९८ अर्ब राजस्व संकलन गरेको थियो । गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्षमा राजस्व संकलन ३० प्रतिशतले वृद्धि गर्ने लक्ष्य विभागको भएपनि राजस्व संकलन २ अर्ब ९८ अर्बमा सीमित भएको हो ।
यस्तै आर्थिक वर्ष २०७६/७७ मा वैदेशिक व्यापार पनि घटेको छ । अघिल्लो आवमा नेपालमा रू. १४ खर्ब ९८ अर्बको सामान आयात भएकोमा गतवर्ष घटेर रू. ११ खर्ब ९६ अर्बमा सीमित भएको हो । आयात र निर्यातमा आएको गिरावटका कारण वैदेशिक व्यापार घटेको विभागले बताएको छ । विभागकाअनुसार चैतदेखि गरिएको लकडाउनपछि मात्र ४४ प्रतिशतले आयात, निर्यात र राजस्व संकलन घटेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस