• जीवनशैली | Jiwanshaili
  • काठमाडौं उपत्यकामा कोरोना बढेपछि नाकामा परीक्षण तीव्र



    १४ साउन २०७७

    काठमाडौं उपत्यकामा निरन्तर कोरोना संक्रमित बढ्न थालेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले काठमाडौं छिर्ने नाकामा परीक्षण तीव्र पारेको छ । अन्तरजिल्ला सार्वजनिक यातायात सञ्चालनमा नआएपनि नाकासम्म आएर लुकिछिपी काठमाडौं छिर्नेको संख्या भने बाक्लिदै गएको छ ।

    सरकारले साउन ८ गतेदेखि ४ महीना लामो लकडाउन अन्त्य गरेकोमा त्यसपछि विस्तारै चहलपहल बढ्न थालेको छ । यातायात नचलेपनि विभिन्न जिल्लाबाट काठमाडौं छिर्ने बढेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नाकामा परीक्षण बढाएको हो । मंगलवार मन्त्रालयले काठमाडौँ प्रवेशको तीन नाकामध्ये फर्पिङ् नाकाबाट ९५५, थानकोट नाकाबाट दुई हजार ९१४ र साँगा नाकाबाट ९४४ जनाको स्वाब सङ्कलन गरेको छ । तीनै नाकाबाट चार हजार ८१३ जनाको स्वाब सङ्कलन गरी परीक्षण गरिरहेको मन्त्रालयले जनाएको छ ।


    क्याटेगोरी : कोरोना अपडेट, समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार