१६ प्रहरी स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकसहित स्याङ्जामा २५ जनामा कोरोना पुष्टि
१४ साउन २०७७
स्याङ्जामा थप २५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मंगलवार स्याङ्जामा १६ जना प्रहरी स्वास्थ्यकर्मी, एम्बुलेन्स चालकसहित २५ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
थप सङ्क्रमित जिल्ला प्रहरी कार्यालयमा खटिएका १६ जना सुरक्षाकर्मी हुन् भने एक जना २८ महिनाको सुरक्षाकर्मीको बच्चामा पनि संक्रमण देखिएको छ ।
यस्तै, संक्रमित पुष्टि भएका प्रहरी कार्यालयका हिरासतमा रहेका एक जना र दुई जना पुतलीबजारको क्वारेन्टाइनमा बसेका छन् । भारतबाट आएर क्वारेन्टिनमा अर्जुन चौपारीमा क्वारिन्टिनमा बसेका तीन जना, एकजना एम्बुलेन्स चालकसहित समुदायस्तरमा ४ जनालाई कोरोना पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय प्रमुख यामप्रसाद शर्माले बताए ।
क्याटेगोरी : कोरोना अपडेट, समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस