सुदूरपश्चिममा रातिदेखि भारी वर्षा, सतर्कता रहन आग्रह
१४ साउन २०७७
मंगलवार रातिदेखि देशका विभिन्न ठाउँमा भारी वर्षा भएको छ । जल तथा मौषम विज्ञान विभागकाअनुसार सुदूरपश्चिमका कैलाली कञ्चनपुरमा भारी वर्षा भएको छ । वर्षा अझैं सक्रिय रहने भन्दै विभागले सतर्क रहन एसएमएस पठाएको छ ।
सुदुरपश्चिम प्रदेशमा मेघगर्जन र चट्टयाङसहित वर्षा गराउने बादल विकसित भैरहेकाले आवश्यक सतर्कता अपनाउन विभागले आग्रह गरेको हो ।
विभागकाअनुसार अहिले देशभर मौषम सामान्य देखि पूणर् बदली रही केही स्थानहरुमा हल्का देखि मध्यम वर्षा भइरहेको छ। आज देशका अधिकांश स्थानमा मौषम सामान्य बदली रही धेरैजसो स्थानहरुमा वर्षा हुने पूर्वानुमान विभागको मौषम पूर्वानुमान महाशाखाले गरेको छ ।
गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशहरूका केही स्थानहरूमा र प्रदेश १, प्रदेश २, बागमती प्रदेश र कणर्ाली प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस