• जीवनशैली | Jiwanshaili
  • कर्जामा गाडी किन्दै हुनुहुन्छ ? कुन बैंकको ब्याजदर कति जानिराखौैं



    १४ साउन २०७७

    नेपालमा अझैंपनि अधिकांशले सवारीसाधन बैंक कर्जामा किन्ने गरेका छन् । विश्वका सबै देशमा वित्तीय संस्थाहरूले गाडी खरीदका लागि हायर पर्चेज कर्जा उपलब्ध गराउने गरेका छन् । नेपालमा गत वर्षसम्म वित्तीय संस्थाले सवारीसाधनमा ८० देखि ९० प्रतिशतसम्म पनि कर्जा उपलब्ध गराउन गरेकोमा सरकारले सवारीसाधनलाई अनुत्पादक र विलासी वस्तुको रुपमा आयातमा कडाइ गरेको छ। त्यससँगै नेपाल राष्ट्र बैंकले सवारीसाधनको मूल्यको ५० प्रतिशत मात्र कर्जा उपलब्ध गराउने गरेको छ ।
    लकडाउनसँगैं रोकिएको अटोबजार लकडाउन खुलेपछि विस्तारै चलायमान हुँदैछ । सवारीसाधन खरीद गर्नेको संख्या क्रमश बढ्न थालेको छ । सवारीसाधन खरीद गर्दा कुन बैंकले कति प्रतिशत ब्याजदरमा कर्जा उपलब्ध गराइरहेको छ भन्ने महत्वपूणर् मानिन्छ । नेपालमा रहेका प्रमुख केही बैैंकले कति प्रतिशतमा सवारी कर्जा उपलब्ध गराइरहेका छन् ? आउनुहोस् जानिराखौं ।

    बैंक ब्याजदर
    स्टाण्डर्ड चार्टड बैंक ७.५९ प्रतिशत
    एनआईसी एसिया बैंक ८.२५ प्रतिशत
    हिमालयन बैंक ८.४९ प्रतिशत
    राष्ट्रिय बाणिज्य बैंक ९.३२ प्रतिशत
    एभरेष्ट बैंक चार पांग्रेमा ९.५५ प्रतिशत/दुई पांग्रेमा १०.५५ प्रतिशत
    मुक्तिनाथ विकाश बैंक ९.९८ प्रतिशत
    सानिमा बैंक ९.९९ प्रतिशत
    कामना सेवा विकास बैंक १०.७५ प्रतिशत


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार