• जीवनशैली | Jiwanshaili
  • कर्णाली नदीको सतर्कताबिन्दू नाघ्यो, सतर्क रहन आग्रह



    १४ साउन २०७७

    कर्णाली नदीको सतर्कता बिन्दू नाघेपछि तटीय क्षेत्रमा रहेका बस्तीमा सतर्कता अपनाउन आग्रह गरिएको छ । मंगलवार रातिदेखि आएको निरन्तरको वर्षाका कारण सतर्कता तह नाघेका कारण सम्भावित जोखिम आउन नदिन नजीकका बस्तीमा सतर्क रहन आग्रह गरिएको हो ।
    कर्णालीमा १० मिटर भन्दा माथि पानीको सतह आएमा खतरा मानिन्छ। अहिले कर्णाली नदीमा पानीको वहाव ९ दशमलव तीन मिटरमा पुगेको छ। ९ देखि १० मिटर पानीको सतह भए सतर्कता अपनाउन तटीय क्षेत्रका वासिन्दालाई आग्रह गर्ने गरिएको छ। कर्णालीमा पानीको सतह बढेपछि कैलालीको टीकापुर र बर्दियाबा बस्तीमा बाढीले क्षति गर्ने सम्भावना हुन्छ । तटीय क्षेत्रमा सुरक्षित रहन आग्रह गरिएको र बाढी पस्ने सम्भावित क्षेत्रमा नेपाल प्रहरी र सशस्त्र प्रहरीको उद्दार टोली तयारी अवस्थामा राखिएको जिल्ला प्रशासन कार्यालय कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराल बताए।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार