मास्क नलगाउनेलाई कारवाही
दमौली- मास्क प्रयोग नगरी हिँड्डुल गर्ने ३३० जनालाई प्रहरीले कारवाही गरेको छ । बुधबारदेखि शनिबारसम्म ती व्यक्तिलाई कारवाही गर्दा ३३ हजार रुपैयाँ राजश्व सङ्कलन भएको छ ।
प्रहरीले शनिबार १००, शुक्रबार ५८, बिहीबार ७२ र बुधबार १०० लाई कारवाही गरेको प्रहरी नायब उपरीक्षक युवराज तिमिल्सिनाले जानकारी दिए । ‘जिल्ला प्रशासन कार्यालय र जिल्ला प्रहरी कार्यालयले पहिलो चरणमा मास्क प्रयोगका लागि सचेतना कार्यक्रम सञ्चालन गरेको थियो’, उनले भने, ‘तर उक्त अनुरोधलाई कार्यान्वयन नगरेको पाइएपछि कारवाही गर्ने अभियान शुरु गरेका छौं ।’ उनका अनुसार कारवाहीमा परेकालाई कोरोना भाइरसबारेमा पूर्णरूपमा जानकारीसमेत गराइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस