• जीवनशैली | Jiwanshaili
  • अवैध कपडा बरामद


    कोहलपुर– जिल्ला प्रहरी बाँकेले ठूलो मात्रामा राजश्व छलेर नेपाल भित्र्याउन लागेका कपडा बरामद गरेको छ । नेपालगञ्ज उपमहानगरपालिका वडा नंं १५ जमुनाहाबाट प्रहरीले कुर्ता, टिसर्ट र सुरुवाल बरामद गरेको हो ।

    भारतबाट अवैध रूपमा ल्याउँदै गरेको ५०० थान कुर्ता, १०० थान टिसर्ट र २०० थान सुरुवाल बरामद गरेको बाँके प्रहरी प्रवक्ता सुवास खड्काले बताए । कोरोनाको कहर भए पनि चाडवाड नजिकिँदै गर्दा तस्करहरु कपडा भित्र्याउन लागिपरेका छन् । नेपालगञ्ज नाकाबाट भरियामार्फत भित्रिने कपडा जिल्ला बाहिर पनि जाने गरेका छन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार