• जीवनशैली | Jiwanshaili
  • हप्तामै कोरोना निको पारेकाे आयुर्वेद अस्पालमा यसरी मनाइयो तीज


    देशका विभिन्न ठाउँबाट स्वास्थ्यकर्मीहरुमाथि सर्वसाधारणले दुव्र्यवहार गरेका समाचारहरु आइरहेका छन् । तर पनि स्वास्थ्यकर्मीहरु भने आफ्नाे मनोबल नगिराइ काममा खटिएका छन् । अझै सम्म पनि असर अज्ञात रहेको रोगको असर कति छ । विश्वभरी झण्डै अढाइ करोड संक्रमित भइसकेका छन् भने ८ लाख भन्दा बढीको ज्यान गइसकेको छ । तर पनि यो नौलो र अज्ञात रोगमाथि नियन्त्रणको कुनै संकेत देखिएको छैन । ज्यानको जोखिम मोलेर रोग नियन्त्रणको सबैभन्दा पहिलो दस्तामा बसेर स्वास्थ्यकर्मीहरु लगातार खटिएका छन् ।

    देशभरी विभिन्न ठाउँ जस्तै काठमाडौको किर्तिपूर स्थित आर्युवेद अनुसन्धान केन्द्र किर्तिपूरले पनि पछिल्लो समय विरामीहरुको उपचार गरिरहेको छ । १ सय ८५ बेड आइसोलेसन भएको यो केन्द्रमा पछिल्लो एक हप्तामा आएका १ सय ८४ विरामी मध्ये १ सय ७५ निको भएर घर गइसकेको कोभिड १९ उपचारका संयोजक डाक्टर जितेन्द्र श्रेष्ठ बताउँछन् । ठूलो संख्यामा विरामी निको भएर घर गएपनि लगातार विरामी थपिएकाले विरामीको संख्या चाहिँ कम नभएको डाक्टर श्रेष्ठको भनाइ छ ।
    अस्पतालमा डाक्टर अमितमान जोशीको संयोजकत्वमा विशेष अनुसान्धान गरी तयार परिएको औषधी विरामीहरुलाई खुवाइएको छ ।

    विभिन्न जडिबुटीहरु (गुर्जो, सुठ्ठो, पिपली, मरिच, तुलसी, अस्वगन्धा आदि) बाट तयार पारिएको मिश्रण औषधी खुवाइएको डाक्टर जोशीले बताउनु भयो । एलोपेथिक उपचारलाई सहयोग गर्न आफुहरुले रोग प्रतिरोधी क्षमता बढाउने आर्युवेदिक औषधी तयार पारेर उपाचारमा लागेको डाक्टर जोशीले बताए । सुरुमा परिक्षणका रुपमा केही विरामीलाई औषधी दिइएको थियो, पछि औषधीले काम गरेको अनुभूति भए पछि औषधी सेवन गर्ने विरामीको संख्या बढाउँदै लगिएको डाक्टर जोशीले बताउनु भयो । अस्पतालमा आएका मध्ये ९२ प्रतिशत विरामी एक हप्तामानै निको भएकोे र ७ जनालाई भने अन्त रिफर गर्नु परेको चिकित्सकले बताए ।

    तीजको बेला घरपरिवार माइतीको रमाइलो भुलेर महिला स्वास्थ्यकर्मीरु समेत अहोरात्र विरामीको उपचारमा खटिएका छन् । घरपरिवारलाई समेत जोखिममा पार्दै पेशाको धर्म निभाउन आफुहरु खुसिसाथ खटिएको महिला स्वास्थकर्मीहरु बताउँछन् । पर्व मानउनु भन्दा पनि विरामीको सेवा नै स्वास्थ व्यवसायीहरुको मुख्य धर्म भएकोले आफूहरुले धर्मनै गरिरहेको उनीहरुको भनाइ छ ।

    सांकृतिक पर्व घरपरिवारसँग मनाउने रहर भए पनि अहिले बेला अनुसार आफुले अस्पतालको आइशोलेसनमानै केही रमाइलो गरी पर्व मनाएको उनीहरु बताउँछन्् ।
    केही समय विरामीको हेरचाहबाट फुर्सद भएको समयमा महिला स्वास्थकर्मीहरुले तिजको रमाइलो गरे । केक काटेर दर खाएका उनीहरु तीजको ब्रत पनि बसे तर सँधै जस्तो निराहार होइन । स्वास्थ उपचारमा खटिएकाले आफ्नाे स्वास्थमा समेत ध्यान राख्नु पर्ने भएकाले फलफूल दुध खाएर तीजको ब्रत बसेको उपचारमा संलग्न महिला स्वास्थ्यकमीहरुले जनाए ।

    किर्तिपुरको महिला स्वास्थ कर्मीहरुले मनाएको तीजको भिडियो सामाजिक सञ्जालहरुमा पनि निकै चर्चित भएको थियो ।

    उनीहरुले शेयर गरेको भिडियोमा सर्वसाधरणले उनीहरुलाई शुभकामना दिनुका साथै उनीहरुले दिएको सेवाप्रति उच्च सम्मान प्रकट गरेका थिए ।

     


    क्याटेगोरी : कोरोना अपडेट, चाडपर्व विशेष

    प्रतिक्रिया दिनुहोस