कोरोनाले प्रभावित बन्यो मोहर्रम पर्व
बाँके- मुसलमान धर्मावलम्बीहरुले झाँकी जुलुसका साथ मनाउने मोहर्रम पर्व कोरोना भाइरस महामारीका कारण प्रभावित बनेको छ । कोरोना महामारीका कारण मुसलमान समुदायले यो वर्ष घरमै बसेर आज मोहर्रम पर्व मनाउँदैछन् ।
मुसलमान धर्मका अगुवाहरुले मोहर्रम पर्व घरमै बसेर मनाउन आग्रह गरेका छन् । बाँकेमा रहेका मुसलमान धर्मावलम्बीहरुलाई नेपाल सरकारको निर्देशिकाअनुसार यसपटकको मोहर्रम पर्व घरमै बसी मनाउन अनुरोध गरिएको नेपाल मोहर्रम तथा कर्बला संरक्षण समितिका प्रवक्ता मोहम्म्मद हारुन हलवाइले जानकारी दिए ।
उनका अनुसार यो वर्ष मोहर्रम पर्वअन्तर्गत निकालिने सम्पूर्ण जुलुुसको कार्यक्रम स्थगन गरिएको छ । मुसलमान समुदायले आ–आफ्नो घर अगाडि सजाएको ताजिया सेलाउन कर्बला जाँदा कुनै किसिमको भीड जम्मा नहुने गरी आलोपालो मिलाउन आग्रह गरिएको छ ।
मोहर्रम पर्व एवं कर्बला संरक्षण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारीले योे वर्ष कोरोना महामारीका कारण चाडपर्व घरभित्रै भीडभाड नहुने गरी मनाउन आग्रह गरिएको बताए । यो महिना हजरत हसन र हजरत हुसैनले सत्यका लागि आफ्नो सम्पूर्ण परिवारसहित शहादत अर्थात् बलिदानी दिएकाले त्यसैको स्मरणमा मोहर्रम पर्व मनाउने गरिएको अन्सारीले उल्लेख गरे ।
मुस्लिम समुदायले आफ्नो गच्छेअनुसारका ताजिया राख्ने गरेका छन् । यो वर्ष कोरोना महामारीका कारण मोहर्रम पर्वमा पनि कुनै तामझाम नहुने मोहर्रम पर्व एवं कर्बला संरक्षण समितिका अध्यक्ष तथा प्रदेशसभा सदस्य अन्सारीले जानकारी दिए ।
क्याटेगोरी : चाडपर्व विशेष
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै





प्रतिक्रिया दिनुहोस