• जीवनशैली | Jiwanshaili
  • कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता


    बाजुरा- हिमाली गाउँपालिका–५ को कवाडी खोलामा बगेर एकै परिवारका पाँच जना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा कवाडीका धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्तालगायत उनका तीन छोरी र एक छोरा छन् ।

    आज अपराह्न छोराछोरीसमेत लिएर खोलामा नुहाउन गएका बेला छोराछोरी र आमा समेत बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्रसिंह ठगुन्नाले जानकारी दिए । बेपत्ता हुनेमा पाँच वर्षीया आरती, चार वर्षीया सन्तोषी, दुई वर्षीय सम्मान र एक वर्षीया किस्मती रहेको बताइएको छ।

    सोही खोलामा करीब दुई महिना अगाडि एक बालिका बगेर बेपत्ता भएकी थिइन् । बेपत्ता भएकाहरूको खोजी भइरहेको प्रहरीले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार