नेपालमा जनसंख्याको ०.३५ प्रतिशतमा दृष्टिदोषको समस्या
काठमाडौं- नेपालमा सन् २०१२ को सर्वेक्षणले जनसङ्ख्याको ०.३५ प्रतिशतमा दृष्टिदोषको समस्या रहेको देखाएको छ। यो समस्या सन् १९८१ को सर्भेक्षणमा ०.८४ प्रतिशत जनसङ्ख्यामा रहेको पाइएको थियो। अन्धोपन तथा दृष्टिदोषको अनुपातमा कमी देखाए तापनि जनसङ्ख्या वृद्धि र ज्येष्ठ नागरिकको सङ्ख्यामा भएको वृद्धिले अन्धोपन तथा दृष्टिदोषको सङ्ख्यामा त्यति फरक परेको देखिँदैन।
यस्तै, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री भानुभक्त ढकालले नागरिकको दृष्टिको सुरक्षाका लागि सरकार सचेत र क्रियाशील रहेको बताएका छन्। विश्व दृष्टि दिवसका अवसरमा आज शुभकामना सन्देश दिँदै उनले सबै नेपालीमा दृष्टिदोषरहित जीवनको कामना गरेका छन्। विश्वव्यापी रूपमा ‘दृष्टिप्रतिको आश’ भन्ने मूल नाराका साथ आज विश्वदृष्टि दिवस मनाइँदै छ।
सन्देशमा उनले नेपालले अहिले कोभिड १९ को संक्रमणबाट आफू, आफ्नो परिवार र समुदायलाई जोगाउन अपनाउनुपर्ने विश्वव्यापी र नेपाल सरकारले जारी गरेका जनस्वास्थ्य मापदण्डको अनिवार्य पालना गर्ने गराउने कार्यमा सहयोग पुर्याउन सबैमा आह्वान पनि गरेका छन्।
उनले स्वास्थ्य सेवा लिन नपाई मर्कामा रहेका सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा नियमित रूपमा प्रवाह गर्न स्वास्थ्य संस्थालाई थप सक्रिय हुन अनुरोध गरेका छन्।
नेपालमा अहिले ९४ हजार २५३ व्यक्ति कोरोना संक्रमित छन्, जसमध्ये ७२.८५ निको भइसकेका र ५७८ जनाले ज्यान गुमाएका छन्।
विश्व स्वास्थ्य सङ्गठनको आँकडानुसार विश्वमा करीब दुई अर्ब २० करोड मानिसमा दृष्टिसम्बन्धी समस्या छ भने करीब एक अर्बलाई अझै पनि आँखा सेवाको पहुँच भएमा दृष्टिको जगेर्ना गर्न सकिने बताइएको छ। यसमा थप करीब दुई अर्ब ६० करोडमा अदूरदृष्टिको समस्या रहेको छ, जसमध्ये तीन करोड १२ लाख १९ वर्षमुनिका बालबालिकामा यस्तो समस्या देखिएको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस