कोटेश्वरमा ७ वर्षीया बालिकामाथि दिउँसै बलात्कार प्रयास
काठमाडौं- एक सात वर्षीय बालिकालाई जवर्जस्ती करणी गर्न खोज्ने ४३ वर्षीय पुरुष कोटेश्वरबाट पक्राउ परेका छन्। बुधबार दिउँसो सवा ३ बजेतिर कोटेश्वर महादेवस्थानको तल्लो खोलाको सहयोगनगर पुल नजिकैबाट ती पुरुषलाई प्रहरीले पक्राउ गरेको हो।
बालिकालाई ललाइफकाइ गरेर जवर्जस्ती करणी गरेको देखिपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। खबर पाएलगत्तै गएको महानगरीय प्रहरी परिसर टोलीले दाङ घोराही नगरपालिका ४ घर भई हाल कोटेश्वरको महादेवस्थान बस्दै आएका ४३ वर्षीय दुर्गे विकलाई नियन्त्रणमा लिएको हो।
एक युवकले दिउँसो अफिसको कामले सोही स्थानबाट आउँदै गर्दा देखेपछि यसबारे जानकारी गराएका थिए। प्रहरी नियन्त्रणमा रहेका विकले मदिरा समेत खाएको देखिएको छ।
घटनाको थप अनुसन्धान भइरहेको छ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस