• जीवनशैली | Jiwanshaili
  • सिटिईभिटीका स्थगीत परीक्षाहरु दशैं पछी हुने


    कोरोनाभाइरसको महामारीका कारणले स्थगित भएका विभिन्न तहका परीक्षा दसैंलगत्तै सञ्चालन गर्ने प्राविधिक शिक्षा तथा व्यवसायी तालीम परिषद सिटिईभिटीले सुचाना प्रकाशित गरेको छ।
    २०७६ चैत ६ गते र त्यसपछिका परीक्षा कोरोना महामारीले स्थगित गरिएकोमा ती परीक्षाहरू कात्तिक तेस्रो साताबाट सञ्चालन गरिने परिषदले जानकारी दिएको छ।

    परिषदबाट सञ्चालन हुने डिप्लोमा, प्रमाणपत्र तह र प्राविधिक एसएलसी तहका नियमित र आंशिक परीक्षा कोरोना महामारीले गर्दा स्थगित भएका थिए।
    नेपाल सरकारले जारी गरेको स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउँदै परीक्षाहरू सञ्चालन गर्ने तयारी गरिएको परिषदले सूचना निकालेर जानकारी दिएको छ।

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार