वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन
दाङको तुलसीपुर उपमहानगरपालिका वडा नं १३ का वडाध्यक्ष डम्मरबहादुर न्यौपानेको निधन भएको छ। स्थानीय निर्वाचनमा न्यौपाने नेपाली कांग्रेसबाट निर्वाचित भएका थिए।
रुघाखोकी र ज्वरो आएर अस्पताल लगेपछि अस्पताल पुर्याउन साथ चिकित्सकले छोरा पोषण न्यौपानेलाई मृत घोषणा गरे।
छोरा न्यौपानेका अनुसार उनका बुवालाई विगत ३,४ दिन यतादेखि सामान्य खोकी लागे पनि ज्वरो भने आएको थिएन।अलि विसञ्चो भएपछि हामीले तुलसीपुरको सिटी हस्पिटलमा लगेर सामान्य उपचारपछि घरमै लगेका थियौं छोरा पोषणले भने, त्यसभन्दा अघि उहाँमा कुनै पनि स्वास्थ्य समस्या थिएन। छोरा न्यौपानेले अन्तिम संस्कारमा शव लैजाने तयारी भइरहेको बताए।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस