बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक एवं प्रहरी प्रवक्ता राजेन्द्रप्रसाद अधिकारीका अनुसार वालिङबाट हेलुतर्फ जाँदै गरेको पायोनियर हायर एजुकेसन ऐकेडेमीको ग १ क ४३७० नम्बरको बसले विपरित दिशाबाट आएको ग १३ प २८१४ नम्बरको मोटरसाइकललाई भीरकोट–१ दार्सिङस्थित सिद्धार्थ राजमार्गमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको हो ।
उहाँका अनुसार स्याङ्जाको भीरकोट–३ बानेथोक देउराली घर भई हाल कपिलवस्तु बस्ने ३१ वर्षीय ध्रुब भन्ने गुप्तबहादुर खत्री र भीरकोट–३ बानेथोक देउराली घर भई वालिङ नपा–१ रामबाच्छा बस्ने ५५ वर्षीय ढालबहादुर रानाको हेलुस्थित कालिका सामुदायिक अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो ।
प्रहरीले दुवै सवारीसाधन र बस चालकलाई नियन्त्रणमा लिएको छ ।d
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस