पिसीआर परीक्षणको दायरा वढाउन माग
सप्तरीमा कोरोना भाइरसको सङ्क्रमण रोकथाम तथा नियन्त्रण गर्न पिसीआर परीक्षणको दायरा बढाउनुपर्ने सरोकारवालाले जोड दिएका छन् ।
जिल्ला विपद् व्यवस्थापन समितिको शुक्रबार बसेको बैठकले लकडाउन खुलेसँगै राजविराजसहित जिल्लाको विभिन्न ठाउँमा कोरोना सङ्क्रममित बढ्न थालेको जनाउँदै पिसीआर परीक्षणको दायरा वढाउन माग गरेको छ । जिल्लामा दैनिक सङ्क्रमणको अवस्था तथा आगामी चाडपर्वको समयमा हुने सम्भावित ओहरदोहर र भीडभाडका कारण जिल्लामा हाल भइरहेको परीक्षणको दायरा बढाउन माग गरिएको हो ।
सोही बैठककले जिल्लामा स्वाब परीक्षण गर्ने भिटीएम र किट ९रिएजेन्ट० लगायतका स्वास्थ्य सामग्री सहयोग गरिदिन सङ्घ र प्रदेश सरकारलाई आग्रह समेत गरेको छ । बैठकमा गजेन्द्रनारायण सिंह अस्पताल राजविराजका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा रञ्जीतकुमार झा र स्वास्थ्य कार्यालयका निमित्त प्रमुख दुनियालाल यादवले कोरोनाको अवस्थाबारे अवगत गराएका थिए ।
बैठकमा विभिन्न निकायका सरोकारवाला, राजनीतिकर्मी, सञ्चारकर्मी, सुरक्षा निकायका पदाधिकारीको सहभागिता रहेको थियो । जिल्लामा कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ भने एक हजार ३६२ सङ्क्रमित भएका छन् । ती मध्ये एक हजार १०३ जना डिस्चार्ज भइसकेको स्वास्थ्य कार्यालयको तथ्याङ्कमा उल्लेख रहेको पाइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस