• जीवनशैली | Jiwanshaili
  • टोकन प्रणालीमा नागरिकता वितरण


    जिल्लामा नागरिकता लिनेको चाप बढेको भन्दै जिल्ला प्रशासन कार्यालय सर्लाहीले टोकन प्रणालीको शुरुआत गरेको छ ।

    जिल्ला प्रशासन कार्यालय मलङ्गवा, इलाका प्रशासन कार्र्यालय हरिवन र इलाका प्रशासन कार्र्यालय बरहथवामा नागरिकता बनाउनेको चाप बढेको अवस्थालाई मनन् गर्दै प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेलले टोकन प्रणालीमा काम शुरु गर्नुभएको छ ।

    कोरोना महामारी केही सहज भए पनि सामान्य स्वास्थ्य मापदण्ड पालना नगरी भीडभाड बढेको भन्दै टोकन प्रणालीमा काम शुरु गरेको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु्भयो । नयाँ नागरिकताका लागि असोज ३० गतेसम्म र प्रतिलिपिका लागि असोज २३ गतेसम्मको टोकन बाँडिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ ।

    नागरिकता बनाउन चाहिने कागजात लिएर तोक लगाई, टोकनमा उल्लेख गरिएको मितिमा नागरिकता लिन आउने गरी सेवाग्राहीलाई घर पठाउने गरिएको प्रजिअ पौडेलले बताउनुभयो । उहाँका अनुसार इलाका प्रशासन कार्यालय हरिवन र बरहथवामा पनि टोकन प्रणालीको शुरु गरिएको छ ।

    देशकै सबैभन्दा धेरै स्थानीय निकाय रहेको सर्लाहीमा नागरिकताबाहेक अन्य सेवा पहिलेकै प्रक्रियामा प्रवाह भइरहेको प्रजिअ पौडेलले बताउनुभयो । हरिपुर र ईश्वरपुरका केही वडासहित दक्षिणी भेगका १४ वटा पालिकाले नागरिकलाई पूरै सेवा प्रवाह गर्दै आएका छन् ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार