डा.केसीका मागबारे प्रधानमन्त्रीसँग छलफल गर्न शिक्षामन्त्री बालुवाटार पुगे
अनशनरत डा. केसीका मागबारे छलफल गर्न शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेल सरकारी वार्ता टोलीसहित प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ताका लागी बालुवाटार पुगेका छन् ।
पटक पटक बिनानिष्कर्ष टुंगिएको बैठक शुक्रबार मध्यराति पनि डा. केसी पक्षमा बसेको बैठले कुनै निष्कर्ष निकाल्न सकेन । डा. केसीको स्वास्थ्य अवस्था कमजोर हुदै जादा र मागप्रति सरकारले बेवास्ता गरेको भन्दै नेपाल चिकित्सक संघ पनि थप आन्दोलनको घोषणा गर्ने तयारीमा रहेको जनाइएको छ ।
यस विषयमा सरकार पछि हटेको केसी पक्षले आरोप अगाएको छ । काठमाडौंको माइतीघरसहित मुलुकका विभिन्न स्थानहरुमा डा.केसीका समर्थकले प्रदर्शन गरिरहेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस