पूर्व–पश्चिम राजमार्गको कैलालीको चिसापानी–अत्तरियासम्मको सडकखण्ड मर्मत कार्य सुरु
कैलालीको चिसापानी–अत्तरियासम्मको सडकखण्ड मर्मत कार्य अघि बढेको छ ।
पूर्व–पश्चिम राजमार्गको चिसापानीदेखि अत्तरियासम्मको ७९ किलोमिटर सडकखण्ड ठाउँठाउँमा भत्किएर जीर्ण बन्दै गएपछि सो सडकखण्डको मर्मत कार्य अघि बढेको हो ।
सडक डिभिजन कार्यालय महेन्द्रनगरले सो सडक मर्मत कार्य तीन चरणमा गरिरहेको जनाएको छ । बहुवर्षीय ठेक्काअन्तर्गत सो सडक मर्मत कार्य भइरहेको कार्यालयका सूचना अधिकारी लक्ष्मणदत्त जोशीले बताउनुभयो । सो सडक मर्मतको समयावधि चैत मसान्तसम्म रहेको छ । चिसापानी–अत्तरियासम्मको सडक मर्मतका लागि रु १७ करोड बजेट विनियोजन गरिएको जोशीले बताउनुभयो । चिसापानीदेखि अत्तरियासम्म ठाउँठाउँमा कालोपत्र फुटेर बनेका ठूलठूला खाडलको मर्मत कार्य भइरहेको छ ।
तत्कालीन समयमा १० टनसम्मका सवारी साधनलाई लक्ष्य गर्दै निर्माण गरिएको राजमार्गको सो सडकखण्डमा पछिल्ला वर्षमा १८ देखि २० टनसम्मका मालबाहक गाडी गुड्छन् । क्षमताभन्दा बढी भार थेग्न नसकेका कारण सडक जीर्ण बन्दै गएको सडक डिभिजन कार्यालय महेन्द्रनगरका सूचना अधिकारी जोशीको भनाइ छ । हरेक चार पाँच वर्षमा रिसोलिङ गर्नुपर्ने सडक पछिल्लोपटक भने रिसोलिङ नगरिएका कारण पनि सडक बिग्रिएको कार्यालयले जनाएको छ । कार्यालयका अनुसार बजेट समयमै नआएका कारण पछिल्लो समयमा रिसोलिङ नगरिएको हो ।
नियमित सडक मर्मत गर्न विसं २०७५ फागुनमा सडक डिभिजन कार्यालय महेन्द्रनगरले तीन वर्षका लागि कालिका जोशी जेभीलाई ठेक्का दिएको थियो । गत चैत पहिलो साता केही स्थानमा मर्मतको काम भए पनि बन्दाबन्दी शुरु भएपछि रोकिएको निर्माण काम अघि बढेको कम्पनीका सञ्चालक गणेश जोशीले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस