• जीवनशैली | Jiwanshaili
  • डडेल्धुरामा नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा सुरु


    डडेल्धुरामा नेपाल टेलिकमको उच्च गतिको इन्टरनेट सेवा एफटीटीएच ९ फाइबर टु द होम सेवा सुरु भएको छ ।

    एफटीटीएच सेवाअन्तर्गत एउटै केबलबाट उच्च गुणस्तरको टेलिफोन, द्रुत गतिको इन्टरनेट सेवा प्रदान भइरहेको र केही समयपछि टेलिभिजनसमेत हेर्न मिल्ने भएको छ ।

    भदौ पहिलो सातादेखि डडेल्धुरा जिल्ला सदरमुकाममा सुरु भएको सो सेवा २१० जनाले लिइसकेको नेपाल टेलिकम डडेल्धुराका कार्यालय प्रमुख प्रकाशराज भट्टले बताए ।डडेल्धुरा जिल्लामा उच्च गतिको इन्टरनेट सेवा सुरु भएसँगै ग्राहक बढ्न थालेको नेपाल टेलिकम डडेल्धुराले जनाएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार