• जीवनशैली | Jiwanshaili
  • मुम्बई इन्डियन्स र दिल्ली क्यापिटल्स शीर्ष स्थानमा,सन्दीप लामिछानेले मौका पाउलान त ?


    यूएईस्थित शेख जायद रंगशालामा राति ७ : ४५ बजे हुने खेलमा आईपीएलको सफल टोली मुम्बई इन्डियन्स र शीर्ष स्थानको दिल्ली क्यापिटल्सबीच प्रतिस्पर्धा हुन लागेको हो । ६ खेल सकिँदा दिल्लीले ५ खेलमा जित हात पारेको छ भने मुम्बईले ४ खेल जितेको छ ।

    युवा खेलाडी श्रेयस ऐयरले नेतृत्व गरेको दिल्ली यस सिजनमा सुरुदेखि नै उत्कृष्ट लयमा देखिएको छ । दिल्लीको अग्रपङ्ती र मध्यक्रमको ब्याटिङमा राम्रो साझेदारी देखिन्छ ।
    नेपालका लेगस्पिनर सन्दीप लामिछाने दिल्लीको टीममा भए पनि उनले अहिलेसम्मका खेल्ने मौका पाएका छैनन् । दिल्लीले बलिङ अलराउण्डरलाई बढी जोड दिइरहँदा उनले खेल्ने सम्भावना कमजोर देखिन्छ । त्यसोत, भारतीय स्पिनरले दुवईमा राम्रो गरिरहँदा पनि सन्दीपको सम्भावना कम छ ।

    यता, भारतीय सफल ब्याट्सम्यान रोहित शर्माको नेतृत्वमा रहेको मुम्बई पनि अहिलेसम्म सन्तुलित रुपमा अघि बढिरहेको छ । रोहितको नेतृत्वमा मुम्बईले चार संस्करणको आईपीएल उपाधि हात पारिसकेको छ ।आजै पौने ३ बजे हुने पहिलो खेलमा सनराइजर्स हैदरवाद र राजस्थान रोयल्स भिड्दैछन् ।
    यसैगरी हैदरावाद तालिकाको पाँचौ स्थानमा छ भने राजस्थान अन्तिमबाट दोस्रो स्थानमा छ । समान ६ खेल खेलेको हैदरावादको ६ अंक छ भने राजस्थानको ४ अंक छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार