तालिबानद्धारा दश सैनिक र तीन सर्वसाधारणको हत्या
अफगानिस्तानमा तालिबानी लडाकूहरुले अफगान सेनालाई लक्ष्य गरेर राखेको बम विस्फोट हुदा कम्तीमा पनि १० जना अफगान सेना मारिएका छन् । सो आक्रमणमा परी अरु केही सेना घाइते भएका छन् । त्यस्तै त्यसमा परेर तीन जना सर्वसाधारण नागरिक पनि मारिएका छन् ।
अफगानिस्तानको सार इ पुल प्रान्तमा सो आक्रमण भएको थियो । उक्त आक्रमणबाट गस्तीमा जाँदै गरेको अफगानिस्तानको राष्ट्रिय सेनाको समूहलाई लक्ष्य गरेर गरिएको थियो । सडक छेउमा ती सेनालाई नै लक्ष्य गरेर बम राखिएको र बम विस्फोट भएपछि उनीहरुको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
शनिबार साँझ पख तालिबानीहरुले सो बम विस्फोट गराएका थिए । बम लागेर अफपगानिस्तानको राष्ट्रिय सेना एएनएका दश जना सदस्यको घटनास्थलमै निधन भएको छ भने अरु पनि कैयौँ सैनिक घाइते छन् ।
हाल अफगानिस्तानको सरकार र तालिबानी समूहका प्रतिनिधिबीच कतारको दोहामा शान्ति स्थापना गर्ने कार्यका लागि वार्ता जारी रहेको छ । उता अफगानिस्तानको सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको र यसका लागि सरकारको तर्फबाट सक्दो मात्रामा लचकता अपनाइएका समाचारहरु पनि आइरहेका छन् । तर यता तालिबानीहरुले भने अफगानिस्तानमा हिंसात्मक आक्रमण रोकेका छैनन् ।
लडाकूहरुले अफगान सेनालाई लक्ष्य गरेर राखेको बम विस्फोट हुदा कम्तीमा पनि १० जना अफगान सेना मारिएका छन् । सो आक्रमणमा परी अरु केही सेना घाइते भएका छन् । त्यस्तै त्यसमा परेर तीन जना सर्वसाधारण नागरिक पनि मारिएका छन् ।
अफगानिस्तानको सार इ पुल प्रान्तमा सो आक्रमण भएको थियो । उक्त आक्रमणबाट गस्तीमा जाँदै गरेको अफगानिस्तानको राष्ट्रिय सेनाको समूहलाई लक्ष्य गरेर गरिएको थियो । सडक छेउमा ती सेनालाई नै लक्ष्य गरेर बम राखिएको र बम विस्फोट भएपछि उनीहरुको ज्यान गएको अधिकारीहरुले जनाएका छन् ।
शनिबार साँझ पख तालिबानीहरुले सो बम विस्फोट गराएका थिए । बम लागेर अफपगानिस्तानको राष्ट्रिय सेना एएनएका दश जना सदस्यको घटनास्थलमै निधन भएको छ भने अरु पनि कैयौँ सैनिक घाइते छन् ।
हाल अफगानिस्तानको सरकार र तालिबानी समूहका प्रतिनिधिबीच कतारको दोहामा शान्ति स्थापना गर्ने कार्यका लागि वार्ता जारी रहेको छ । उता अफगानिस्तानको सरकारले आफ्नो तर्फबाट सक्दो प्रयास गरेको र यसका लागि सरकारको तर्फबाट सक्दो मात्रामा लचकता अपनाइएका समाचारहरु पनि आइरहेका छन् । तर यता तालिबानीहरुले भने अफगानिस्तानमा हिंसात्मक आक्रमण रोकेका छैनन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै

प्रतिक्रिया दिनुहोस