टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
अरनिको राजमार्ग खण्डअन्तर्गत सूर्यविनायक नगरपालिका–५ चुनदेवीमा रोकिराखेको टिपरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
बा ३ ख ८८०३ नम्बरको टिपरमा बा ३० प ९६११ नम्बरको मोटरसाइकल ठोक्किँदा घाइते भएका भक्तपुर नगरपालिका–४ दरबार स्क्वायरका ३८ वर्षीय लक्ष्मण त्वाटीको इवामुरा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको महानगरीय प्रहरी परिसरका प्रहरी नायब उपरीक्षक केशव थेवेले जानकारी दिनुभयो ।
मोटरसाइकल पछाडि सवार ७ वर्षीय प्रमिला लामाको सोही अस्पतालमा उपचार भइरहेको उहाँले बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस