कोरोनाबाट रोजगारी गुमाएकालाई कृषि पेशामा आबद्ध गराउने
लुम्बिनी प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले कोरोनाबाट रोजगारी गुमाएर फर्किएकालाई कृषि पेशामा आबद्ध गराउने गरी कृषि कार्यक्रम अगाडि बढाएको छ । मन्त्री आरती पौडेलले कृषि पेशामा श्रम गर्ने मजदुरको वीमा, सञ्चयकोष कट्टीलगायतका योजना सञ्चालन गरेर कुषि पेशामा युवालाई आकर्षित गर्ने गरी कार्यक्रम कार्यान्वयनमा ल्याइएको जानकारी दिनुभयो ।
उहाँले कृषिमा आबद्ध हुन चाहने युवा तथा कृषकलाई सस्तो दरमा सुलभ कर्जा, उत्पादनमा आधारित अनुदानको व्यवस्था तथा बजारीकरणसमेतको व्यवस्थाको गरिने बताउनुभयोे ।
सन्धिखर्कमा पत्रकारसँग कुराकानी गर्दै कृषि मन्त्री पौडेलले प्रदेशलाई चिया, छुर्पी र महमा नमुना जिल्ला बनाउने गरी कार्य सञ्चालन गर्न थालेको जानकारी दिनुभयो ।
मन्त्रालयका सचिव रेवतीरमण पौडेलले उत्पादनमा बृद्धि गर्ने खालका कार्यक्रम सञ्चालन गरी युवालाई कृषि पेशामा स्वरोजगार बनाउने कार्यक्रम सञ्चालन गरेको बताउनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस