सोमबार रु १८ अर्ब २५ करोडबराबरको ट्रेजरी बिल बिक्री गर्ने : राष्ट्र बैंक
नेपाल राष्ट्र बैंकले सोमबार रु १८ अर्ब २५ करोडबराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।
केन्द्रीय बैंकले बिक्री गर्न लागेकोमध्ये रु तीन अर्बको टे«जरी बिल भने नयाँ हो भने रु १५ अर्ब २५ करोड बराबरको ट्रेजरी बिल भने नवीकरण गर्न लागिएको हो ।
बैंकले कूल ३६४ दिने अवधिका लागि उक्त टे«जरी बिल बिक्री गर्न लागेको सूचनामा उल्लेख छ । बैंकका अनुसार रु तीन अर्बबराबरको नयाँ र रु १५ अर्ब २५ करोडबराबरको नवीकरण गर्न लागिएको ट्रेजरी बिल २०७८ असोज २६ गते परिपक्व हुनेछ ।
सो टे«जरी बिल बोलकबोल विधिमार्फत बिक्री गरिनेछ । यस्तै केन्द्रीय बैंकले यही असोज २० गते रु १० अर्बबराबरको विकास ऋणपत्र बोलकबोल गरेको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस