कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या
वाग्मती प्रदेशअन्तर्गत भौतिक पूर्वाधार विकास मन्त्रालयमा दरबन्दीअनुसार कर्मचारी नहुँदा कार्य सम्पादनमा समस्या देखिएको छ ।
मन्त्रालयका अनुसार विभिन्न पदमा विभिन्न सेवा, समूह र उपसमूह तर्फका गरी कूल ५५ कर्मचारीको दरबन्दी रहे पनि हाल ३४ जनामात्र कर्मचारी कार्यरत छन् । दरबन्दीअनुसार कर्मचारी नहँुदा थोरै कर्मचारीले कार्यालयको सबै काम सम्पादन गनुपर्दा समस्या भएको मन्त्रालयका सूचना अधिकारी राजन पोखरेलले जानकारी दिनुभयो ।
मन्त्रालयका अनुसार हाल इन्जिनीयरतर्फ विभिन्न सेवा, समूह र उपसमूहमा गरी १६, शाखा अधिकृत तीन, सिनियर डिभिजन इन्जिनीयर (सिभिल) एक र उपसचिव ( सामान्य प्रशासन) तर्फ एक गरी कूल २१ कर्मचारी रिक्त छन् ।
प्रदेश लोक सेवा आयोगसँग थप कर्मचारीको व्यवस्थापनका लागि माग गरिएको मन्त्रालयले जनाएको छ । यद्यपि तत्कालका लागि करारमा भए पनि केही कर्मचारी माग गर्ने प्रक्रिया अघि बढाइएको मन्त्रालयका सूचना अधिकारी पोखरेलले जानकारी दिनुभयो । –––
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस