• जीवनशैली | Jiwanshaili
  • बलात्कारको मुद्दामा दोषीलाई मृत्युदण्डको नियम पारित


    बंगलादेशले बलात्कारको मुद्दामा दोषीलाई मृत्युदण्डको नियम पारित गरेको छ ।

    मुलुकभर आन्दोलन चर्किएसँगै सरकारले बलात्कारको मुद्दामा मृत्युदण्ड दिन सकिने गरी कानुन संशोधन गरेको हो ।इस्लामका अनुसार कोरोना भाइरस कोभिड–१९० को महामारीको कारण भर्चुअलरुपमा सम्पन्न भएको बैठकमा महिला तथा बालबालिका शोषण रोकथाम विधेयक पारित भएको बताएका हुन् ।
    सोमबार बंगलादेशको मन्त्रिपरिषद्का सेक्रेटरी खण्डकेर अनवारुल इस्लामले मन्त्रिपरिषद्को बैठकले उक्त नियम पारित गरेको बताएका हुन् ।
    अहिलेसम्म बंगलादेशमा बलात्कारको मुद्दामा जन्मकैदको मात्र व्यवस्था थियो ।बंगलादेशमा सन् २०२० को नौ महिनामा झण्डै एक हजार महिलामाथि बलात्कारको मुद्दा दर्ता भएको छ । जसमध्ये करिब दुई सय सामुहिक बलात्कारका घटना छन् । ४३ ओटा बलात्कारपछि हत्याको मुद्दा दर्ता भएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार