सात किलो गाईको मासुसहित तीन जना पक्राउ
नेपालगञ्ज- बाँकेको खजुरा गाउँपालिकास्थित रनियापुरबाट गाईको मासुसहित सोमबार तीन जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा खजुरा गाउँपालिका–८ रनियापुर चमकदारपुरका ४५ वर्षीय चुन्नी खाँ, ५० वर्षीय सब्बीर खाँ र ३४ वर्षीय अब्दुल आशिक खाँ रहेको इलाका प्रहरी कार्यालय धनौलीले जनाएको छ । उनीहरुलाई सात किलो गाईको मासु, हड्डी र छालासहित पक्राउ गरिएको बाँकेका प्रहरी प्रमुख एंव प्रहरी उपरीक्षक ओमबहादुर रानाले बताए ।
अस्फाक खाँको खेतबारीमा गाई काटिरहेको भन्ने सूचनाका आधारमा खटिएको प्रहरी टोलीले उक्त परिणामको गाईको मासुसहित उनीहरुलाई नियन्त्रणमा लिएको थियो । घटना बारे थप अनुसन्धान र छानवीन भइरहेको प्रहरी उपरीक्षक रानाले बताए ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस