अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा सहभागी
झण्डै दुई हप्तापछि अमेरिकी राष्ट्रपति डोनान्ड ट्रम्प चुनावी सार्वजनिक कार्यक्रममा फेरी सहभागी हुन थाल्नुभएको छ ।
कोरनोभाइरसबाट सङ्क्रमित भएको पुष्टि भएपछि उहाँ केही दिन अस्पतालमा र केही दिन राष्ट्रपति निवासमा मात्रै रहनुभएको थियो । सार्वजनिक कार्यक्रमहरुमा सहभागी हुनुभएको थिएन ।
त्यसपछि सोमबार पहिलो पटक उहाँ फ्लोरिडामा आयोजित चुनावी कार्यक्रममा सहभागी हुनुभएको छ ।
कार्यक्रममा उहाँ मास्क विना सहभागी हुनुभएको थियो भने भिडमा रहेका अन्य अधिकांश सहभागीहरुले पनि मास्कको प्रयोग गरेका थिएनन् ।
उहाँले कार्यक्रममा जोडतोडका साथ भाषण गर्दै आफु स्वस्थ भइसकेको र आफुलाई कुनै शारीरिक वा स्वास्थ्यसम्वन्धी समस्या नरहेको दावी गर्नुभएको थियो ।
उहाँले प्रतिस्पर्धी जोन बाइडनलाई कट्टर समाजवादीहरूको कठपुतली भएको र सञ्चारमाध्यमलाई पनि पक्षपाती भएको आरोप लगाउनुभएको थियो ।
उहाँले आगामी चार दिनमा निर्वाचनका बेला कडा टक्कर हुने भनिएका चारवटा राज्यमा भ्रमण गर्ने कार्यक्रम रहेको छ ।
राष्ट्रपति ट्रम्पलाई ११ दिन अगाडि कोरोनाको लक्षण देखा परेको थियो । गत आइतबार मात्रै उहाँ सङ्क्रमणमुक्त भइसक्नुभएको उहाँका निजी चिकित्सकहरुले बताएका थिए
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस