• जीवनशैली | Jiwanshaili
  • खेत निर्माण गर्ने क्रममा विवाद हुँदा घाइते


    बित्थडचिर गाउँपालिका– ६, भाडिकामा खेत निर्माण गर्ने क्रममा स्थानीयवासीबीच विवाद हुँदा दुई जना गम्भीर घाइते भएका छन् ।

    घाइते हुनेमा बित्थडचिर – ६ का चन्द्रसिंह स्याँडा र लालु स्याँडा छन् । उनीहरु दुवैलाई सोमबार अपराह्न स्थानीयवासी राम नाथले खेत निर्माणका क्रममा आफ्नो जमीनमा माटो फालेको भनी हँसिया प्रहार गरी गम्भीर घाइते बनाएका हुन् ।

    हँसियाले लालुको टाउको र हात तथा चन्द्रसिंहको गर्धन र पिँठ्युमा गम्भीर चोट लागेको छ । घाइते दुवैलाई उपचार हुन गराउन नसकेपछि देउलेख प्राथमिक स्वास्थ्य केन्द्रले धनगढी रेफर गरेको छ ।

    अभियुक्त नाथलाई प्रहरीले भाग्ने क्रममा बझाङको धरानबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय चैनपुर ल्याएको छ


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार