सिकाइ सहजीकरण शुरु
कोरोना भाइरसका कारण विगत सात महिनादेखि बन्द रहेका विद्यालयहरू तत्काल खोल्न सकिने अवस्था नहुँदा जिल्लाका अधिकांश विद्यालयले वैकल्पिक सिकाई केन्द्रमार्फत सिकाइ सहजीकरण सञ्चालन गरेका छन् ।
जिल्लाका केही विद्यालयले आफ्नो सेवा क्षेत्रभित्र पर्ने टोलबस्तीमा अस्थायी रूपमा निर्धारण गरेका सिकाइ केन्द्रहरूबाट विद्यार्थीलाई सिकाइ सहजीकरण शुरु गरेका हुन् ।
चालु शैक्षिकसत्रको आधाभन्दा बढीसमय सकिन लाग्दा पनि विद्यालयमा पढाउन मिल्ने अवस्था नरहेकाले शिक्षक, विद्यालय व्यवस्थापन समिति र अभिभावकसँगको छलफलमा अस्थायी सिकाई केन्द्रमार्फत बालबालिकाहरूका लागि सिकाइ सहजीकरण शुरु गरिएको उग्रतारा माध्यमिक विद्यालयका प्रधानाध्यापक चन्दबहादुर शाहूले बताउनुभयो ।
विगत सात महिनासम्म विद्यार्थीहरू विद्यालयमा आउन नपाएको, घरमा पनि पढ्ने वातावरण नभएको र वैकल्पिक सिकाइका माध्यममा विद्यार्थीको पहुँच नहुनाले बालबालिकाको पढाइमा समस्या देखिएको महेन्द्र माध्यमिक विद्यालयका शिक्षक प्रज्ज्वल भट्टले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “विद्यार्थीहरूमा पढाइको चिन्ताभन्दा कोरोनाको त्रासले यस्ता केन्द्रमा कमै मात्र विद्यार्थी आउने गरेका छन् ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस