चीनमा सवारी साधनको बिक्री बढ्यो
कोरोनाभाइरसका कारण केही समय शिथिल देखिएको चीनको अर्थतन्त्रमा अहिले व्यापक सुधार आउन थालेको छ ।
यसै वर्षको गत सेप्टेम्बरमा चीनमा ट्रक र बस समेतका सवारी साधनको बिक्रीमा उल्लेख्य सुधार आएको छ । चिनियाँ अटोमोबाइल उत्पादक संघका अनुसार गत अगष्ट महिनाको तुलनामा सेप्टेम्बर महिनामा १७.४ प्रतिशतले वृद्धि भएको छ अर्थात अघिल्लो वर्षको भन्दा झण्डै २६ लाख सवारी साधन बढी बिक्री भएका छन् ।
अगष्टमा ११.६ प्रतिशतले सवारी साधनको बिक्री बढेको थियो । यस वर्षको पहिलो नौ महिनामा अघिल्लो वर्षको तुलनामा ६.९ प्रतिशतले सवारी साधनको बिक्री घटेको थियो । चीनमा कोरोनाभाइरसका कारण कलकारखाना बन्द गर्नुअघि नै सवारी साधनको बिक्रीमा गत वर्षदेखि नै कमी आउन थालेको थियो ।
चीनका खस्किदो आर्थिक वृद्धि र अमेरिकासँगको व्यापार युद्धले पनि यस क्षेत्रमा असर परेको चिनियाँ विश्लेषकहरुले बताएका छन् ।
गत वर्ष पनि सवारी साधनको बिक्रीमा ९.६ प्रतिशतले कमी आएको थियो । सवारी साधनको बिक्री घटेको यो लगातार दोस्रो वर्ष हो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस