सरकारी राजश्व दुरुपयोग अभियोगमा मुद्दा
ख्तियार दुरुपयोग अनुसन्धान आयोगले वडा कार्यालयमा उठेको राजश्व सरकारी खातामा जम्मा नगरी दुरुपयोग गरेको अभियोगमा वीरेन्द्रनगर नगरपालिका –४ सुर्खेतमा कार्यरत दुई कर्मचारीविरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
करार सेवाअन्तर्गत प्रशासन सहायक रत्नबहादुर विकले राजश्व रकम सरकारी खातामा जम्मा नगरेको भन्ने सूचनाका आधारमा गएको आयोगको टोलीले केही दिन पहिले पक्राउ गरेको थियो । वडा नं ४ मा रु २० लाख २० हजार ६७ राजश्व संकलन भएकामा रु चार लाख १६ हजार ६०० मात्रै बैंकमा दाखिला गरी रु १६ लाख तीन हजार ४६७ हिनामिना गरेको आयोगको अनुसन्धानमा खुलेको थियो ।
संकलित राजश्व कार्यालयको कार्यक्रम सञ्चालन खर्च गर्ने तथा आफूखुशी खर्च गर्ने कार्यमा कार्यालय प्रमुख रहेका वडा सचिव इन्द्रप्रसाद अधिकारीको समेत संलग्नता रहेको पाइएको छ । आयोगले राजश्व दुरुपयोग गर्ने विकविरुद्ध रु १६ लाख तीन हजार ४६७ बराबरको बिगो दावी गर्दै मुद्दा दायर गरेको छ ।
यस्तै रु सात लाख १६ हजार ७१७ बराबरको रकम दुरुपयोग गरेको अभियोगमा वडा सचिव अधिकारीविरुद्ध पनि आयोगले मुद्दा दायर गरेको छ । आयोगका प्रवक्ता तारानाथ अधिकारीका अनुसार अभियुक्त दुवैलाई कसुरअनुसारको कारवाहीको माग गर्दै मुद्दा दायर गरिएको हो । —
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस