• जीवनशैली | Jiwanshaili
  • करेन्ट लागेर युवकको मृत्यु


    कञ्चनपुर- बेदकोट नगरपालिका–३ चौरीका २१ वर्षीय दिनेश साउदको मङ्गलबार करेन्ट लागेर मृत्यु भएको छ । पसलमा काम गर्दै गरेका बेला साउदलाई करेन्ट लागेको हो ।

    करेन्ट लागेर बेहोस भएका साउदलाई तत्कालै उपचारका लागि महाकाली अस्पताल पुर्‍याइए पनि उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए । अस्पतालमा शव परीक्षणपश्चात आफन्तलाई जिम्मा लगाइएको छ ।


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार