एकै गाउँका दुई जनाको शव झुण्डिएको अवस्थामा फेला
जलेश्वर- महोत्तरीको मनरासिस्वा नगरपालिका–६ सरपल्लो गाउँमा एकै दिन दुई जनाको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रहरी नायब उपरीक्षक प्रकाश विष्टका अनुसार मङ्गलबार एकै दिन स्थानीय १६ वर्षीय सुनिल महतो र २० वर्षीया खुश्बु खातुनको शव झुण्डिएको अवस्थामा फेला परेको हो ।
सुनिलको शव आफ्नै घरमा झुण्डिएको अवस्थामा फेला परेको हो भने खुश्बुको शव उनको घरदेखि पाँच मिटर उत्तरमा रहेको आँपको बगैँचामा झुण्डिएको अवस्थामा फेला परेको जनाइएको छ । उनीहरु दुवै के–कति कारणले झुण्डिएको अथवा उनीहरुको मृत्यु कसरी भएको भन्ने प्रहरीले अनुसन्धान गरिरहेको छ भने दुवै जनाको शव परीक्षणका लागि जिल्ला अस्पताल जलेश्वर पठाइएको छ ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस