चाडपर्वलाई लक्षित गरी सुरक्षामा थप कडाई
दशैं, तिहार तथा छठ पर्व नजिकिएसँगै जिल्लाभर हुने विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालय कैलालीले सक्रियता बढाएको छ ।
विशेष सुरक्षा योजना अन्तर्गत जिल्लाभर ७४० जना प्रहरी परिचालन गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरीक्षक प्रतिक विष्टले जानकारी दिनुभयो । उहाँले चाडपर्वका बेला जिल्लामा हुन सक्ने चोरी, डकैती, जुवातास, लुटपाट, कालोबजारी, सार्वजनिक यातायातका टिकटमा ठगी र सवारी कसुरलगायत अपराध नियन्त्रणका लागि आवश्यक जनशक्ति तैनाथ गरिएको बताउनुभयो ।
यसका लागि विभिन्न स्थानमा चेकजाँचमा कडाइ गरिनुका साथै साइकल, मोटरसाइकलमा प्रहरीको गस्ती तथा सादा पोशाकमा प्रहरी परिचालन गरिएको नायब उपरीक्षक विष्टले बताउनुभयो । उहाँले भन्नुभयो, “कुनै पनि हिँसाजन्य गतिविधि घटेमा तुरुन्त रेस्पोन्स हुने गरी प्रहरी खटनपटन गरिने गरी व्यवस्था मिलाइएको छ ।
सुदूरपश्चिम प्रदेश सशस्त्र प्रहरी गणबाट नगरभित्रको सुरक्षाका लागि थप ५० जना प्रहरी पनि परिचालित गरिएको छ । सीमा नाकामा हुने चोरी निकासी, आवागमनमा हुने सास्ती, लागुऔषध तथा पटाकाजन्य पदार्थ ओसारपसार, जुवातास, बैँक तथा वित्तीय सङ्घ संस्थालगायत भीडभाड हुने क्षेत्रको सुरक्षाका लागि छट्टाछुट्टै टोली खटाई निगरानी बढाइएको छ ।
त्रिनगर भन्सार सीमा नाकामा तालीम प्राप्त कुकुरसहित चेकजाँच थालिएको छ । यस्तै यात्रुको सहजीकरणका लागि त्रिनगर भन्सार, धनगढी बसपार्क, अत्तरिया बसपार्क, लम्की बसपार्क, टीकापुर बसपार्क, र चिसापानी गरी जिल्लाका छ स्थानमा ट्राफिक प्रहरीसहितको यात्रु सहायता कक्ष पनि स्थापना गरिएको प्रहरी नायब उपरीक्षक विष्टले बताउनुभयो ।
चाडपर्वका समयमा विभिन्न हिँसाजन्य क्रियाकलापका कुनै पनि घटना घटेमा नजिकैको प्रहरी बिटमा खबर गरिदिन हुनसमेत उहाँले सर्वसाधारणलाई आग्रह गर्नुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस