• जीवनशैली | Jiwanshaili
  • लोक सेवा आयोगले सहसचिव तथा उपसचिव पदका लागि आवेदन खुला


    लोक सेवा आयोगले लामो समयपछि संघीय संसद, निजामति सेवा र स्वास्थ्य सेवातर्फ सहसचिव तथा उपसचिव पदका लागि आवेदन खुला गरेको छ।

    राजपत्राङ्कित प्रथम र द्वीतीय श्रेणी (प्राविधिक र अप्राविधिक), स्वास्थ्य सेवातर्फ नवौं र एघारौं तहका पदका लागि बुधबार आयोगले विज्ञापन खुलाएको हो।

    एक सय ८० भन्दा बढी सहसचिव र चार सय ५० भन्दा बढी उपसचिव पदमा आयोगले आवेदन मागेको छ। अधिकांश कोटा बढुवाबाट पदपुर्ति हुने खालका छन् भने खुलामा थौरैमात्रै सिट छन्।पहिलो चरणका परीक्षा दिएकाहरूको दोस्रो चरणका परीक्षा पनि महामारीले स्थगित थियो।

    आयोगले आज खुलाएको विज्ञापनअनुसार परीक्षाका लागि कात्तिक १८ गतेसम्म फारम भरिसक्नु पर्नेछ । दरखास्त दस्तुर राप पहिलो श्रेणी र स्वास्थ्यतर्फ एघारौं तहका लागि एक हजार पाँच सय र राप द्वीतीय श्रेणीरनवौं तहका लागि एक हजार दुई सय रुपैयाँ बुझाउनु पर्ने आयोगको भनाइ छ।

    आयोगको वेवसाइट https://psc.gov.np/ मा गएर अनलाइनबाटै आवेदन दिन सकिनेछ।

     

     


    क्याटेगोरी : समाचार, समाज

    प्रतिक्रिया दिनुहोस


    थप समाचार