दिसाजन्य फोहर व्यवस्थापनका लागि डिपिआर तयार
लमही नगरपालिकाले दिसाजन्य फोहर व्यवस्थापनका लागि विस्तृत अध्ययन प्रतिवेदन (डिपिआर) बनाएको छ । नेपाल नगरपालिका सङ्घको सहकार्यमा शुरु गरिएको सो परियोजनाअन्तर्गत डिपिआर बनाइएको परियोजनाका स्रोत व्यक्ति गायत्रीकुमारी थापाले जानकारी दिनुभयो । सो डिपिआरबारे नगरपालिकाका प्राविधिकलाई जानकारी दिएसँगै केही दिन भित्रै ठेक्का आह्वान गरिने बताइएको छ ।
परियोजना सञ्चालनका लागि नगरपालिका र संघबीच मिति २०७५ पुष १० मा सम्झौता भएको थियो । सो संघको सहकार्यमा देशभरका पाँच नगपालिकामा पनि यस प्रकारको परियोजना शुरु गरिएको छ ।संघको सहकार्यमा नगरमा परीक्षणकारूपमा शहरी सरसफाइसँग सम्बन्धीत कार्यको नमूना अघि वढाइएको छ ।
सो परियोजनाअन्तर्गत उक्त नगरपालिका–५ मा रहेको ल्याडफिल्ड साइटमा यसै वर्ष भौतिक संरचना निर्माण गरिने र यसका लागि रू दुई करोड खर्च लाग्ने स्रोत व्यक्ति थापाले बताउनुभयो । यसका लागि उक्त नगरपालिकाले चालु आर्थिक वर्षमा वजेट विनियोजन गरिसकेको छ । डिपिआर निर्माण तथा नीति निर्माणमाउक्त संघले सहयोग गरेको र भौतिक निर्माण नगरपालिकाले आफँै गर्नुपर्ने छ । सो परियोजना शुरु भएपछि शौचालयको सेप्टी ट्याङकीबाट निस्कने फोहोर व्यवस्थापन गर्न सहज हुने भएको छ । यसबाट कम्पोष्ट मल बनाएर विक्रीसमेत गरिनाका साथै वातावरण सफा राख्नसमेत सहयोग पुग्ने नगरपालिका उपप्रमुख देवका वेल्वासेले जानकारी दिनुभयो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस