कोरोना सङ्क्रमणबाट एकै परिवारका तीनको मृत्यु
तनहुँको भीमाद नगरपालिकाका एकै परिवारका तीन जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेमा भीमाद नगरपालिका–६ का ९८, ७५ र ७२ वर्षीय पुरुष रहेका छन् ।
तीमध्ये एक बाबु र दुई छोरा छन् । ९८ वर्षीय पुरुषको काठमाडौँस्थित मेडिसिटी अस्पतालमा असोज २५ गते, ७५ वर्षीय पुरुषको काठमाडौँस्थित बिएण्डवी अस्पतालमा असोज २४ गते र ७२ वर्षीय पुरुषको चितवन मेडिकल कलेजमा असोज १९ गते मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
९८ वर्षीय बाबु बिरामी परेपछि चितवनस्थित एक अस्पतालमा भर्ना गरिएको थियो । अवस्था सुधार नभएपछि उहाँलाई काठमाडाँै लगियो । उपचारका क्रममा उहाँलाई कोरोना सङ्क्रमण पुष्टि भएको थियो ।
बुबाको स्यहारसुसारमा खटिएका दुई छोरालाई पनि पछि कोरोना देखिएको थियो । योसँगै तनहुँमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या आठ पुगेको छ ।
यस अगाडि ब्यास नगरपालिकाका दुई, म्याग्दे गाउँपालिकाका एक, आँबुखैरेनी गाउँपालिकाका दुई जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको थियो ।
क्याटेगोरी : समाचार, समाज
ताजा अपडेट
- १ तनाव दुनियाँमा छँदै छैन, यो कृतिम सिर्जना हो
- २ वायु प्रदूषणले बालबालिकाको मस्तिष्क विकासमा घातक असर
- ३ नेपालमा फार्मेसी पेशाको विकास क्रम र आजको अवस्था
- ४ खलिल जिब्रानलाई पढ्नु भनेको राम्रो डाक्टरलाई भेट्नु जस्तै हो
- ५ ग्रीन ‘टी’ले आयु बढाउन मदत गर्छ : अनुसन्धान
- ६ मिर्गौलाको पथ्थरीले हड्डी फ्याक्चर हुने खतरा
- ७ ‘तपाईलाई प्रेसर लो’ हुने समस्या छ ? खानुहोस् यी खानेकुरा
- ८ आज राष्ट्रिय टोपी दिवस मनाइँदै




प्रतिक्रिया दिनुहोस